काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको व्यवसाय अध्ययनमा स्नातकोत्तर (एमबीएस) कार्यक्रमअन्तर्गतको परीक्षा स्थगित गरेको छ।
व्यवस्थापन संकाय, डीनको कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार २०८३ भदौ ११ गते सञ्चालन हुने एमजीटी ५२२ : अन्तर्राष्ट्रिय व्यवसाय विषयको परीक्षा प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिका कारण स्थगित गरिएको हो।
उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको र स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने व्यवस्थापन संकायले जनाएको छ। त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाहेक अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्