काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन आदेश दिएको छ ।
नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम तोकिएको समयभित्र आगामी असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । निर्धारित समयभित्र शुल्क नबुझाउने कम्पनीलाई वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र सूचीकरण समेत स्थगन हुनसक्ने नेप्सेले चेतावनी दिएको छ ।
नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका सूचीकृत कम्पनीले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्नेछ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले १ लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, डिबेन्चर तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भए २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी भए ५० हजार रुपैयाँ नवीकरण शुल्क तोकिएको छ ।















प्रतिक्रिया दिनुहोस्