काठमाडौं । आर्या फार्माल्याब प्रा.लि.ले बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि सहयोग गरेको छ ।
कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई उपचारमा सहजता पु¥याउने उद्देश्यले ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका आवश्यक औषधि उपलब्ध गराएको हो ।
विपद्का कारण प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले औषधि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीले प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि थप सहयोग आवश्यक परेमा आवश्यक उपकरण तथा औषधिसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत उपचार सेवामा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ। आर्या फार्माल्याबले विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्