Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

हेफर नेपाल र कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड योगदान

हेफर नेपाल र कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड योगदान
विज्ञापन
Advertisement

काठमाडौं । हेफर इन्टरनेशनल नेपाल र संस्थाका कर्मचारीहरूले नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उच्च हिमाली क्षेत्रमा हिमनदी थुनिएर बनेको ताल फुट्दा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्र प्रभावित भएका छन्। बाढी तथा पहिरोका कारण मानवीय क्षतिसँगै घर, पूर्वाधार तथा जीविकोपार्जनका साधनमा व्यापक क्षति पुगेको हेफर नेपालले जनाएको छ। विपद्का कारण प्रभावित परिवार विस्थापित हुनुका साथै अत्यावश्यक सेवाको पहुँचमा समेत कठिनाइ उत्पन्न भएको छ।

हेफर नेपालका अनुसार कोषमा गरिएको १ करोड रुपैयाँ सहयोगमा संस्थाको आपत्कालीन कोषबाट विनियोजित रकमसँगै कर्मचारीहरूले आफ्नो तलबबाट राहत प्रयासका लागि गरेको योगदानसमेत समावेश छ।

हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा। तीर्थराज रेग्मीले विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै सरकारको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले योगदान गरिएको बताए।

उनले प्रभावित परिवारहरूले आफ्नो जीवन पुनःस्थापित गर्न, पुनर्निर्माण गर्न र अगाडि बढ्न सक्ने अवस्थासम्म संस्थाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

हेफर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नुका साथै प्रभावित समुदायका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। संस्थाले प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, स्वास्थ्य उपचार तथा अन्य तत्काल आवश्यक सहयोग उपलब्ध गराउने योजना बनाएको छ।

संस्थाले प्रभावित परिवारहरूको बदलिँदो आवश्यकताको निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ। सम्बन्धित सरकारी निकाय, साझेदार संस्था तथा समुदायसँग समन्वय गरी आफ्नो सहयोगबाट बढी प्रभाव पार्न सकिने क्षेत्र पहिचान गर्ने काम भइरहेको पनि हेफरले जनाएको छ।

तत्कालीन आपत्कालीन प्रतिकार्य क्रमशः पुनःस्थापनातर्फ अघि बढ्दै जाँदा प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना तथा उत्थानशील समुदाय निर्माणका लागि आवश्यक सहयोगका उपाय पहिचान गर्ने कार्यलाई निरन्तरता दिने संस्थाको भनाइ छ।

विपद्का कारण आफ्ना प्रियजन, घर, जीविकोपार्जनका साधन तथा सुरक्षाको अनुभूति गुमाएका परिवारप्रति हेफर नेपालले सहानुभूति तथा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, पुनःस्थापनाका लागि दीर्घकालीन सहयोग र सामूहिक प्रयास आवश्यक रहेको भन्दै प्रभावित व्यक्ति तथा साझेदारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

हेफर इन्टरनेशनल नेपाल

सन् १९९७ देखि नेपालमा कार्यरत हेफर इन्टरनेशनल नेपालले साना किसानसँग सहकार्य गर्दै समावेशी, उत्थानशील तथा दिगो खाद्य प्रणाली निर्माणमा काम गर्दै आएको छ। समुदाय, सरकार, सहकारी तथा निजी क्षेत्रका सरोकारवालासँगको साझेदारीमार्फत किसानको उत्पादन वृद्धि, बजार तथा वित्तीय सेवामा पहुँच विस्तार, जलवायु–मैत्री कृषि अभ्यास र जीविकोपार्जन सुदृढीकरणमा संस्थाले सहयोग गर्दै आएको छ।

हेफरका अनुसार हालसम्म नेपालभर ५ लाख ५० हजारभन्दा बढी परिवारसँग साझेदारी गरिएको छ। संस्थाले महिला, युवा तथा सीमान्तकृत समुदायलाई केन्द्रमा राख्दै कृषि तथा पशुजन्य उत्पादन, खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र सुदृढीकरण तथा रोजगारी सिर्जनामा समेत काम गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit