काठमाडौं । भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजीका लागि टिचिङ अस्पताल, महाराजगञ्जमा उनीहरूको फोटो टाँस्दै अभियानमा जुटेका १२ वर्षीय विवेक परियार अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।
हराएकाहरूको खोजीमा विवेकले देखाएको सक्रियतापछि उनको मानवीय प्रयासको प्रशंसा भइरहेको छ। उनको अभियान पछ्याउँदै अस्पताल परिसरमा सञ्चारकर्मीको समेत उपस्थिति बढेको छ।

लमजुङका विवेक कक्षा ५ मा अध्ययनरत छन्। उनी हाल काठमाडौंको बालुवाटारस्थित महेन्द्र राष्ट्र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। हराएका व्यक्तिहरूको खोजीमा सानो उमेरमै देखाएको सक्रियता र सामाजिक भावनाका कारण विवेकको चौतर्फी प्रशंसा भइरहेको छ।
















प्रतिक्रिया दिनुहोस्