Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको बिहीबार बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२र८३ को अन्त्यसम्म कायम सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ। काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit