Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बुद्ध एयर एयरको नयाँ एटीआर–७२–६०० बाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

बुद्ध एयर एयरको नयाँ एटीआर–७२–६०० बाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै
विज्ञापन
Advertisement

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ। कम्पनीले रसुवालगायत क्षेत्रमा आएको बाढीका कारण राजमार्ग अवरुद्ध रहेकाले दशैं, तिहार र छठपर्वसम्म न्यूनतम तथा सस्तो भाडादरमा उडान सञ्चालन गर्ने जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ९एन–एओएस कलसाइन भएको जहाजले ६६ जना यात्रु लिएर काठमाडौं–नेपालगञ्ज पहिलो व्यावसायिक उडान भरेको हो। कम्पनीले गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट ल्याएको उक्त जहाज आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि सेवामा ल्याएको हो। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले प्राकृतिक विपत्तिका बेला हवाई सेवामार्फत यात्रुलाई सहज विकल्प उपलब्ध गराउनु कम्पनीको दायित्व भएको बताएका छन्। उनले नाफा–घाटाभन्दा नागरिकको सेवालाई प्राथमिकता दिएको बताए।

हवाई इन्धनको मूल्य पछिल्लो सात महिनामा ९६ प्रतिशतले वृद्धि भई प्रतिलिटर २४९ रुपैयाँ पुगे पनि कम्पनीले आर्थिक भार आफैं बेहोरेर काठमाडौं–भैरहवा उडानको भाडा १४ प्रतिशत मात्र बढाएर ६ हजार ५ सय रुपैयाँ कायम राखेको जनाएको छ। बाढीपहिरो प्रभावित क्षेत्रका लागि बुध्द एयरले देशका विभिन्न जिल्लाबाट हालसम्म ७ हजार ३ सय २२ किलो राहत सामग्री निःशुल्क ढुवानी गरिसकेको छ। नयाँ एटीआर–७२–६०० मा पूर्ण ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा आधुनिक नेभिगेसन प्रणाली रहेका छन्। ‘आरएनपी–एआर’ प्रविधि जडान भएकाले कम दृश्यता भएको अवस्थामा समेत सुरक्षित उडान तथा अवतरणमा सहयोग पुग्ने कम्पनीको भनाइ छ।

यो जहाज पुराना सिरिजको तुलनामा कम इन्धन खपत तथा कम ध्वनि प्रदूषण गर्ने र यात्रु सिट तथा ओभरहेड बिन पनि फराकिला रहेको कम्पनीले जनाएको छ। हाल बुध्द एयरसँग १४ वटा एटीआर–७२–५०० र १ वटा एटीआर–७२–६०० गरी कुल १५ वटा जहाज सञ्चालनमा छन्। कम्पनीले निकट भविष्यमै थप एक एटीआर–७२–६०० जहाज भित्र्याउने तयारी गरेको छ बुद्ध एयरले दैनिक १४० भन्दा बढी आन्तरिक उडानका साथै भारतको वाराणसी र कोलकातामा समेत नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit