Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

सिटिजन्स बैंकद्वारा बाढीपीडितका लागि २.२२ करोड रुपैयाँ आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा बाढीपीडितका लागि २.२२ करोड रुपैयाँ आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट तथा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समेतको उपस्थिति थियो।

भोटेकोशी बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने उद्देश्यले बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा खाद्यान्न सामग्रीसमेत वितरण गरेको छ। बैंकले प्रभावित नागरिकका लागि चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायतका खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit