Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

राज्य कहाँ छ भन्नेहरूलाई रविको जवाफ: सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ, बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ

राज्य कहाँ छ भन्नेहरूलाई रविको जवाफ: सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ, बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला राज्यले केही नगरेको भन्ने आरोपको प्रतिनिधिसभाको रोस्टमबाट जवाफ दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले ‘राज्य कहाँ छ ?’ भनेर प्रश्न गर्नेहरूलाई राज्यको उपस्थिति विपद् प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत तथा पुनर्निर्माणका प्रयासबाट देख्न सकिने बताए । ‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ भनेर दृश्यसहित प्रस्ट्याउनु हो,’ उनले भने ।

लामिछानेले विपद्का कारण क्षतिग्रस्त संरचनामा फसेका नागरिकको खोजी तथा उद्धारदेखि घरबारविहीन बनेकाहरूलाई आश्रय दिने कामसम्म राज्य सक्रिय रहेको दाबी गरे । ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहारी बन्न राज्य दिनरात खटिएको छ ।’ उनका अनुसार राज्यले बाढीले बगाएका सडक र पुल पुनर्निर्माणसँगै विपद्का कारण नागरिकमा कमजोर बनेको भरोसा पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ । ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन, विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ लामिछानेले भने ।

उनले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन पूर्वतयारी र सुरक्षित संरचनाको खाका बनाउन राज्य लागिरहेको पनि जानकारी दिए । ‘राज्य यतिबेला भविष्यमा यस्तो विपद् कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ’ उनले भने। राज्यले आफ्नो सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि काम गरिरहेको पनि लामिछानेको भनाइ थियो ।‘राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit