Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

बालेनलाई शहीदकी आमाको प्रश्न– बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे स्टाटस आयो, जेनजी शहीदले न्याय कहिले पाउँछन्?

बालेनलाई शहीदकी आमाको प्रश्न–  बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे स्टाटस आयो, जेनजी शहीदले न्याय कहिले पाउँछन्?
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहभागी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले प्रधानमन्त्रीलाई स्मृति सभामा सहभागी भएर केही बोल्न वा कम्तीमा जेनजी शहीदका नाममा श्रद्धाञ्जली सन्देश लेख्न आग्रह गरिएको भए पनि त्यसमा ढिलाइ भएको बताइन्। तर, उनले प्रधानमन्त्रीको नाम तोकेकी थिइनन् । ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एक दिन बिदा पायो,’ उनले थप भनिन्, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदका नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे मात्रै स्टाटस आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली।’

उनले प्रधानमन्त्री स्मृति सभामा सहभागी नभएको विषयलाई लिएर सरकारसँग दुईवटा प्रश्नसमेत गरेकी छन्। ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले प्रश्न गरिन्।

सांसद खतिवडाले गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन्। उनी रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्। प्रधानमन्त्री बालेन आजको प्रतिनिधि सभा बैठकमा उपस्थित छन् भने उनले मंगलबार जेनजी शहीद दिवसको अवसरमा बेलुका सात बजेमात्र शहीदहरुप्रति सामाजिक सञ्जालबाट श्रद्धाञ्जली व्यक्त गरेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit