काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि. र रिलायन्स फाइनान्स लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार रिलायन्स फाइनान्सले आफ्नो कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्दै डिजिटल बैंकिङ क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउनेछ। कम्पनीका अनुसार यस सहकार्यले ग्राहककेन्द्रित, छिटो र सुरक्षित वित्तीय सेवा प्रवाहमा सहयोग पुग्नेछ।
इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ वेबमा आधारित तथा पूर्ण रूपमा एपीआई एकीकृत कोर बैंकिङ प्लेटफर्म हो। यसको एपीआईमा आधारित संरचनाले डिजिटल बैंकिङ च्यानल, तेस्रो पक्षका एप्लिकेसन, भुक्तानी प्रणाली तथा अन्य इन्टरप्राइज प्रणालीसँग सहज एकीकरण गर्न सक्ने कम्पनीले जनाएको छ।
सम्झौताले रिलायन्स फाइनान्सलाई भविष्यमा आवश्यक पर्ने डिजिटल नवप्रवर्तन तथा प्रविधिगत विस्तारका लागि समेत थप सक्षम बनाउने अपेक्षा गरिएको छ। इन्फोडेभलपर्सले प्रणाली कार्यान्वयनमार्फत फाइनान्सको कोर बैंकिङ पूर्वाधार आधुनिकीकरणमा सहजीकरण गर्ने जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्