काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, २५ प्रतिशत हकप्रद शेयरलाई संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय समेत गरिएको छ ।
त्यसैगरी, गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने तथा प्रबन्धपत्र एवं नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पारित भएका छन् । साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू अनुमोदन गर्दै चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभामा अध्यक्ष कुनाल कयालले उपस्थित सम्पूर्ण शेयरधनीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आगामी साधारणसभा समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, कम्पनीको व्यवसाय बृद्धिका लागि व्यवस्थापन टोली तथा सञ्चालक समिति कटिबद्ध भएर लागिपरेको उनले उल्लेख गरे ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरेको थियो । यसका आधारमा चैत ७ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्