काठमाडौं । महिला ई–स्पोर्ट्स खेलाडीको प्रतिभा र क्षमता प्रदर्शन गर्ने मञ्चका रूपमा आयोजना गरिएको ‘राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६’ को फाइनल आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ।
२४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १६ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। आज हुने अन्तिम प्रतिस्पर्धामा यी १६ टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको आयोजकले जनाएको छ। फाइनलमा महिला खेलाडीहरूले आफ्नो खेल कौशल, रणनीति र प्रतिस्पर्धात्मक क्षमता प्रस्तुत गर्नेछन्।
नेपालमा महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले महिला पब्जी खेलाडीको प्रतिभा र सम्भावनालाई थप उजागर गर्ने आयोजकको विश्वास छ।
फाइनल प्रतिस्पर्धामा म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ऊर्जा पनि जोडिएको छ। आयोजकका अनुसार म्याक्स टाइगरको ऊर्जासँगै फाइनलको जोश, उत्साह र प्रतिस्पर्धात्मक माहोल थप रोमाञ्चक बन्नेछ।
















प्रतिक्रिया दिनुहोस्