Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दोस्रो महिला फुटसल च्याम्पियनसिपको कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने

दोस्रो महिला फुटसल च्याम्पियनसिपको कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने
विज्ञापन
Advertisement

काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत भाद्र १८ गते गर्ने भनिएको प्रतियोगिता विशेष कारणले आगामी कार्तिक १० गतेको लागि सारिएको आयोजकले जनाएको हो । महिला फुटबल र फुटसलप्रति चासो राख्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा नेपालभरका महिला टिमले सहभागिता जनाउन सक्ने छन् ।

सहभागिता जनाउने प्रत्येक टिमले ८ खेलाडी, १ कोच र १ टिम म्यानेजरसहित १० जनाको टिम तयार गर्नु पर्नेछ । प्रतियोगितामा १६ वर्षमुनिका खेलाडीले जुनियर र १६ वर्षमाथिका खेलाडीले सिनियर टिमतर्फ सहभागी हुन पाउने अध्यक्ष सगुन थापा मगरले जानकारी दिए । उनको अनुसार यस वर्ष ३२ टोलीलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

अनुसार सिनियरतर्फ राष्ट्रिय खेलाडी वा ए डिभिजन खेलिसकेका खेलाडीले पनि सहभागी हुन सक्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।

यस्तो छ पुरस्कार र नगद राशी
सिनियर विजेता टिमः रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उपविजेता टिमः रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उत्कृष्ट गोलकिपर/खेलाडीः जनही रु. २,५००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर विजेता टिमः रु. २०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उपविजेता टिमः रु. १०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उत्कृष्ट गोलकिपर/खेलाडीः जनही रु. १,५००, ट्रफी, मेडल, प्रमाणपत्र

उपाध्यक्ष एलिना मगरको अनुसार दर्ता आवेदन कार्तिक ७ गते शुक्रबार बेलुका ५ बजेभित्र बुझाइसक्नु पर्नेछ । उनको अनुसार सिनियरतर्फ ५,५०० रुपैयाँ र जुनियरतर्फ ३,००० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताको उद्देश्य नयाँ महिला खेलाडीहरूलाई उत्प्रेरित गर्नुका साथै राष्ट्रिय टिमसम्मको यात्रा सहज बनाउने रहेको आयोजकले आयोजकले जनाएको छ । २०८१ मा पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए भने यसपटक कम्तीमा ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको मगरको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit