Advertisement
Advertisement
Corporate Samachar
२१ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

ऊर्जा क्षेत्रका साझेदारसँग लिटमसको अन्तरक्रिया, दुई नयाँ कन्डक्टर सार्वजनिक

ऊर्जा क्षेत्रका साझेदारसँग लिटमसको अन्तरक्रिया, दुई नयाँ कन्डक्टर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै पहिलोपटक ‘लिटमस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो विकासक्रम, चुनौती तथा आगामी अवसरबारे छलफल गरिएको थियो।

कार्यक्रममा सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको आयोजकले जनाएको छ। जलविद्युत् तथा सौर्य ऊर्जा विकासकर्ता, इपीसी कम्पनी, परामर्शदाता र उद्योगसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिका साथै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।

नवीकरणीय ऊर्जा क्षेत्रमा बढ्दो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे पनि कार्यक्रममा छलफल भएको कम्पनीले जनाएको छ। सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको समग्र मूल्य शृंखलामा अझ बलियो सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा लिटमस इन्डस्ट्रिजले आफ्ना विद्यमान उत्पादन तथा समाधानहरूको विस्तृत जानकारी प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधिसमेत सार्वजनिक गरेको छ। कम्पनीले एचटिएलएस (हाई टेम्परेचर लो स्याग) कन्डक्टर र एएल–५९ (अल–५९) कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो।

कम्पनीका अनुसार नयाँ कन्डक्टर प्रविधिले उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएको आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्नेछ। लिटमस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रमा विभिन्न पक्षबीच बलियो साझेदारी निर्माणको आवश्यकता औँल्याए। उनले भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, इपीसी कम्पनी, परामर्शदाता तथा अन्य उद्योग सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

सन् १९७७ मा स्थापना भएको लिटमस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको कम्पनी हो। कम्पनीले विद्युत् प्रसारण तथा वितरणसहित विभिन्न पूर्वाधार र औद्योगिक क्षेत्रमा प्रयोग हुने उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ। पाँच दशकभन्दा लामो उत्पादन अनुभव रहेको लिटमस इन्डस्ट्रिजले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले नेपाली बजारसँगै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको दाबी गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit