Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१८बर्षपछी बेंगलुरू पहिलो पटक आईपीएल च्याम्पियन

१८बर्षपछी बेंगलुरू पहिलो पटक आईपीएल च्याम्पियन
विज्ञापन
Advertisement

काठमाडौं। आईपीएल इतिहासमा १८बर्षपछि रोयल च्यालेन्जर बेंगलुरू (आरसिबी) पहिलो पटक च्याम्पियन बनेको छ।  मंगलबार राति अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आईपीएल १८औँ संस्करणको फाइनल खेलमा पन्जाब किग्संलाई ६ रनले परिजित गर्दै आरसीबीले उपाधि हात पारेको हो। आरसीबीले १८ वर्षको प्रतीक्षापछि पहिलोपटक आईपीएलको उपाधि जितेको हो

विज्ञापन
Advertisement
Advertisement

टस जितेर ब्याटिङ रोजेको बेङ्लुरुले किंग्ससामु ९ विकेट गुमाएर १९० रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । थियो। १९१ रनको लक्ष्य पछ्याएको पञ्जाव किंग्सले निर्धारित २० ओभरमा १८४ रन मात्र बनायो । बेङ्लुरुका लागि फिल्ट साल्ट १६, विराट कोहली ४३, मयन्क अग्रवाल २४, कप्तान रजत पातिदर २६, लियम लिभिङ्स्टोन २५, जितेस शर्मा २४, रोमारियो सेफर्ड १७ रनको योगदान दिए । यस्तै, कु्रर्नाल पाण्डेले ४, भुवनेश्वर कुमार १ र यश दयालले १ रन बनाए।

पञ्जावका लागि अर्शदिप सिंह,  काइल जेमिसनले क्रमश तीन/तीन विकेट लिए ।  युजवेन्द्र चहल, विजयकुमार व्यासक र अज्मतुल्लाह ओमरजाईले समान एक/एक विकेट लिए ।

पञ्जावका लागि ओपनरद्वय प्रियन्श अर्याले २४ र प्रभसिमरन सिंह २६ रन बनाए । तेस्रो नम्बरमा मैदान आएका जोश इङ्लिशले ३९ रनको पारी खेल्दा कप्तान श्रेयश अइएर १, नेहाल वधेरा १५, मार्कश स्टोनिस ६, अज्मतुल्लाह ओमर्जाइ १ रनमै समेटिए । मिडल अडरका ब्याट्सम्यान नचल्दा दबाबमा परेको पञ्जावका लागि शशांक सिंहले अन्तिमसम्म क्रिजमा डटेर अविजित ६१ रनको अविस्मरणीय पारी खेले । ३० बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै अन्तिमसम्म पञ्जावको फ्यान्सका लासग आशा जगाएका उनको पारी उपाधिको लागि पर्याप्त भएन ।

बेङ्लुरुको लागि भुवनेश्वर कुमार र क्रुनाल पाण्डेले समान दुई– दुई विकेट लिए। क्रुनाल पाण्डेको अनुभवि र किफायती बलिङकै कारण पञ्जावको उपाधी चुम्ने लक्ष्य पूरा हुन सकेन । त्यस्तै यश दयाल, जोश हेजलवुड र रोमारियो सेफर्डले समान एक –एक विकेट लिए।

आईपीएलको यो सिजनसम्म आइपुग्दा उपाधी विजेता बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल भिडेका हुन् । यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो। पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले पराजित गर्दा आज दोस्रो पटक बेङ्लुरुसँग पनि हारको सामना गर्नुपरेको हो ।

यो सँगै ११ वर्षपछि फाइनलमा पुगेर पनि पन्जाब दोस्रोपटक उपाधिबाट वञ्चित भएको छ।

आईपीएल विजेताले कति पाए ? 

उपाधिका लागि फाइनल भिडेका दुवै टोलीले ठूलो राशिको पुरस्कार पाएका छन्। टाइटल विजेता आरसीबीले भारु २० करोड रुपैयाँ पुरस्कार पाएको छ । यस्तै, पराजित पन्जाब किंग्सले विजेता टोलीको आधा १२.५ करोड रुपैयाँ प्राप्त गरेको छ।

यस सजिनको आईपीएल २०२५ मा सबैभन्दा धेरै रन बनाउने गुजरात टाइटन्सका साई सुदर्शनले ओरेन्ज क्याप पाए । १५ खेलको १५ इनिङमा सुदर्शनले ७५९ रन बनाएका थिए। यसमा उनले एक शतक र छ अर्धशतक आफ्नो नाम गरेका छन्।

पर्पल क्याप पनि गुजरात टाइटन्सकै खेलाडीले पाएका छन् । टाइटन्सका बलर प्रसिद्ध कृष्णले सबैभन्दा धेरै २५ विकेट लिएर पर्पल क्याप आफ्नो नाम गर्न सफल भए ।

आईपीएलको यो सिजनमा मुम्बई इन्डियन्सका सूर्यकुमार यादव सबैभन्दा मूल्यवान् खेलाडी घोषित हुँदा राजस्थान रोयल्सका वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर बनेका छन्। सात खेलका सात इनिङमा वैभवले २०६.५५ को स्ट्राइक रेटमा २५२ रन बनाए। जसमा एक रेकर्ड ब्रेक शतक पनि उनको नाममा छ ।

यस्तै, तालिकाको सबैभन्दा पुछारमा (१० नम्बरमा) रहेको चेन्नई सुपर किंग्सले आईपीएल २०२५ को फेयर प्ले अवार्ड प्राप्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit