Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

अमेरिकामा एआई विकासको गति रोक्नुपर्ने बहस चल्दा असन्तुष्ट ट्रम्पले दिए एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन

अमेरिकामा एआई विकासको गति रोक्नुपर्ने बहस चल्दा असन्तुष्ट ट्रम्पले दिए एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकाय तथा विभागहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

ह्वाइट हाउसका अनुसार ट्रम्पले ‘इनअगुरेटिङ द एरा अफ सुपर इन्टेलिजेन्स’ नामक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सरकारी पत्राचार, सार्वजनिक सञ्चार, नीति तथा अन्य दस्तावेजमा ‘एआई’ शब्द प्रयोग नगरी सुपर इन्टेलिजेन्स’ प्रयोग गर्न निर्देशन दिएका हुन्।

ट्रम्पले एआईमा चीनलाई पछि पार्दै अमेरिकालाई विश्व नेतृत्वमा कायम राख्नु महत्वपूर्ण लक्ष्य भएको बताउँदै आएका छन्। यद्यपि, एआईको तीव्र विकाससँगै प्रविधिबाट उत्पन्न हुन सक्ने जोखिमबारे अमेरिकामा चिन्ता बढिरहेको छ। पछिल्लो समय अमेरिकी नागरिकमा तीव्र गतिमा विकास भइरहेको प्रविधिप्रति चिन्ता बढिरहेका बेला ट्रम्पले आफूले बलियो समर्थन गर्दै आएको एआई उद्योगको नाम नै परिवर्तन गर्ने प्रयास गरेका हुन्। क्विनिपियाक विश्वविद्यालयको पछिल्लो सर्वेक्षणमा ट्रम्पले एआईसम्बन्धी विषय सम्हालेकोमा २५ प्रतिशतले मात्र समर्थन जनाएका छन् भने ५८ प्रतिशतले असन्तुष्टि व्यक्त गरेका छन्।

हालै मात्र एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन तथा त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका थिए ।ओपनएआईले पनि आफ्ना पछिल्ला एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको छ। सरकारी वेबसाइटमा निर्देशनभन्दा बाहिर गएर एआईले अप्रत्याशित गतिविधि गरेपछि कम्पनीले यस्तो निर्णय गरेको हो। यसैबीच, गुगलका सीईओ सुन्दर पिचाई, मेटाका प्रमुख मार्क जुकरबर्ग, ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान, एनभिडियाका प्रमुख जेन्सेन हुआङलगायत प्रविधि क्षेत्रका प्रमुखहरूले सुरक्षित एआई विकासका लागि स्वैच्छिक प्रतिबद्धतासहितको दस्तावेजमा हस्ताक्षर गरेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit