Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाको मृत्यु

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा परी ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो ।
६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको हो । तीन सैनिक सवार सेनाको सिकोर्स्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको सैनिक अधिकारीलाई उद्धृत गर्दै बताइएको छ । विमान र हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताएका छन् । “अब हामी उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, राजधानीका दमकल प्रमुख जोन डोनेलीले भने । ह्वाइट हाउस र क्यापिटलको दक्षिणमा तीन माइल (लगभग ४.८ किलोमिटर) भन्दा बढी विश्वको सबैभन्दा कडा नियन्त्रण र निगरानी गरिएको एयरस्पेसमा राति ९ बजेभन्दा पहिले दुर्घटना भएको थियो । हवाई दुर्घटनाको अनुसन्धान प्रतिवेदन एक महिनाभित्र तयार पारिने बताइएको छ । राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धानकर्ताहरूले बोम्बार्डियर सिआरजे७०० विमानबाट ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर बरामद गरेको एजेन्सीका प्रवक्ता पिटर नुडसनले बताएका छन् । उनीहरू ती मूल्याङ्कनका लागि एजेन्सीको प्रयोगशालामा छन् ।

डोनेलीका अनुसार विमान कम्मरसम्मको पानीमा तीन खण्डमा उल्टो अवस्थामा फेला परेको थियो र प्रथम प्रतिक्रियाकर्मीहरूले पोटोमाकको माइलौँ क्षेत्र खोजिरहेका छन् । हेलिकप्टरको भग्नावशेष पनि फेला परेको छ । नदीका तस्बिरहरूमा आंशिक रूपमा डुबेको पखेटा र विमानको फ्युजलाजको क्षतविक्षत भग्नावशेष वरिपरि डुङ्गाहरू देखिन्छन् । अमेरिकन एयरलाइन्सका सिइओ रोबर्ट इसोमले जेटको ‘सैन्य विमान बाटोमा आएपछि’ विमान सामान्य अवतरणको तयारीमा रहेको बताएका छन् । एसोसिएटेड प्रेसले पाएको एक प्रतिवेदन अनुसार दुर्घटना हुँदा एक एयर ट्राफिक कन्ट्रोलर हेलिकप्टर यातायात र आउने–जाने विमानहरूको समन्वय गर्न जिम्मेवार थिए । यी जिम्मेवारी प्रायः दुई व्यक्तिबीच विभाजित गरिन्छ तर यातायात कम हुन थालेपछि विमानस्थलले साँझ ९ः३० बजे यी भूमिकाहरू एकीकृत गर्छ । बुधबार टावर सुपरभाइजरले तिनलाई चाँडै नै एकीकृत गर्न निर्देशन दिएका थिए ।

“दिनको समय र ट्राफिकको मात्राका लागि स्थिति पद व्यवस्था सामान्य थिएन”, प्रतिवेदनमा भनिएको छ । यद्यपि यस मामिलासँग परिचित एक व्यक्तिले त्यस रात टावरमा कर्मचारीहरू सामान्य स्तरमा रहेको बताएका छन् । आन्तरिक प्रक्रियाहरूबारे छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्दै उनले भने, “कन्ट्रोलरहरूलाई कन्सोलबाट ब्रेकका लागि टाढा जानुपर्दा, सिफ्ट परिवर्तन हुँदा वा हवाई यातायात कम हुँदा यी पदहरू नियमित रूपमा एकीकृत गरिन्छ ।”

सङ्घीय उड्डयन प्रशासन लामो समयदेखि एयर ट्राफिक कन्ट्रोलरहरूको कमीसँग जुधिरहेको छ । –रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit