एजेन्सी । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर थप दुई अन्तरिक्ष यात्रीसँगै स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फर्किएका छन् ।
गत वर्ष जुन महिनामा आठ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका यी दुई अन्तरिक्ष यात्री प्राविधिक समस्याका कारण नौ महिनासम्म रोकिएका थिए ।
बोइङको स्टारलाइनर यानले उनीहरूलाई पृथ्वीमा फर्काउनु पर्ने भए पनि यान बिग्रिएपछि उनीहरू नौ महिनासम्म त्यहीँ रोकिए । मंगलबार एलन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत फ्लोरिडाको तटमा उनिहरु सुरक्षित अवतरण गरेका छन् । अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा आइपुग्न १७ घण्टा लागेको थियो ।

नेपाली समयअनुसार बिहान झन्डै पौन्य ४ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको हो । समुद्री सतहमा उनहरु आइपुगेपछि कन्ट्रोल सेन्टरबाट अन्तरिक्ष यात्रीहरूलाई स्वागत गर्दै भनियो, ‘निक, एलेक, बुच, सुनी‘ स्पेसएक्सको तर्फबाट घर फर्किएकोमा स्वागत छ ।’
मंगलबार सुनिता विलियम्स र बुच विलमोरसँगै निक हेग र रूसी अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बूनोभले अन्तरिक्षमा रहेका अन्य यात्रीहरूलाई बिदाइ गर्दै पृथ्वी फर्किएका हुन् । निक हेग र गोर्बूनोभ गत वर्ष सेप्टेम्बरमा स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत ६ महिनाका लागि अन्तरिक्ष मिसनमा गएका थिए।
यस्तै, लामो समय अन्तरिक्षमा रहेका यात्रीहरुको पृथ्वीमा आउनासाथ स्वास्थ्य परिक्षण गरिएको छ । नासाको व्यावसायिक अन्तरिक्ष मिसनका प्रबन्धक स्टिभ स्टिचले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य ठीक रहेको बताए । उनिहरु केही समयका लागि रिकभरी शिपमा रहनेछन् र त्यसपछि ह्युस्टन लगिने स्टिचले जानकारी दिए ।

अन्तरिक्ष यात्रीहरूको मेडिकल परीक्षण भइरहेको छ । यो प्रक्रिया पूरा भएपछि (सामान्यतया एक दिनपछि) मात्रै उनीहरूलाई परिवारसँग भेट्न अनुमति दिइनेछ ।
स्टिचका अनुसार अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा बिताएको उक्त लामो समयबारे विस्तारै जानकारी दिनेछन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्