Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

तातोपानी नाका तत्काल सञ्चालन गर्न चिनियाँ पक्षसँग महासंघको आग्रह

तातोपानी नाका तत्काल सञ्चालन गर्न चिनियाँ पक्षसँग महासंघको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक सहजीकरण गर्न आग्रह गरे।

कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउन तथा निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न नेपाल र चीनबीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिइयो।

मुख्य उत्तरी व्यापारिक नाका रसुवागढी र कोरालामा समेत अवरोध आएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नै नेपाल–चीन व्यापार तथा आपूर्ति शृंखलामा थप दबाब परेको विषय छलफलमा उठाइएको थियो।

रसुवागढी–केरुङ नाकामा बाढीबाट क्षति पुगेपछि बढेको व्यापारिक चाप कम गर्न तातोपानी भन्सार नाका यथाशीघ्र सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ।

जवाफमा राजदूत झाङ माओमिङले बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ र नेपाली अधिकारीबीच संयुक्त रूपमा स्थलगत निरीक्षण भइरहेको जानकारी दिए।

सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनःस्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको र जनजीवन तथा आवागमन सहज बनाउन आवश्यक पहल भइरहेको जानकारीसमेत दिइएको छ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह (आईसीडी) तथा काठमाडौंलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको छ। अध्यक्ष श्रेष्ठले कठिन समयमा चीनले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै व्यापार तथा लगानीका चुनौती सम्बोधन गर्न नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

यसै क्रममा नेपाल र चीनका निजी क्षेत्रबीच व्यापार तथा लगानीका चुनौती, सम्भावना र आर्थिक पुनरुत्थानका लागि दीर्घकालीन समाधान पहिचान गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयमा समेत छलफल भएको छ।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक डा। गोपालप्रसाद तिवारीले नेपाल–चीनबीचको द्विपक्षीय व्यापार, लगानी तथा दीर्घकालीन आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा राखे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit