Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

एनसेलले ल्यायो आइफोन १८ खरिदमा विशेष बन्डल अफर

एनसेलले ल्यायो आइफोन १८ खरिदमा विशेष बन्डल अफर
विज्ञापन
Advertisement

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा एनसेलले आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिदकर्ताका लागि यो योजना ल्याएको हो।अफरअन्तर्गत एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले असीमित डेटा, असीमित स्थानीय कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम सामग्री उपलब्ध हुने लायन्सगेट ओटीटी सदस्यता प्राप्त गर्नेछन्।

कम्पनीको योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० ग्राहकले तीन महिनासम्म यी सुविधा निःशुल्क पाउनेछन्। त्यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० ग्राहकले छ महिनासम्म सोही सुविधा अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन्।एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा नयाँ आइफोन खरिदकर्तालाई विशेष अफर उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।

उनका अनुसार ग्राहकको डिजिटल जीवनशैलीलाई सहज बनाउने उद्देश्यअनुसार ल्याइएको यो योजनाले देशभरका एनसेल प्रयोगकर्तालाई भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउन सहयोग गर्नेछ।दत्ताले प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवा जोडेर सञ्चार तथा मनोरञ्जनलाई अझ सरल र प्रभावकारी बनाउने उद्देश्य रहेको बताए।उनले भने, ‘प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit