Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ६ बैंकले कालीगण्डकी गर्ज हाइड्रोमा साढे २९ अर्ब लगानी गर्ने

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ६ बैंकले कालीगण्डकी गर्ज हाइड्रोमा साढे २९ अर्ब लगानी गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच कालीगण्डकी नदीमा निर्माण गरिने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको  । सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ। यस परियोजनाले नेपालको नविकरणीय ऊर्जा क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुन २७, २०७५ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो। साथै, फागुन १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता सम्पन्न गरेको छ। परियोजनाको मुख्य प्रवद्र्धक संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन्।

परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत अर्थात् २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ लगानी गर्नेछन्। बाँकी २५ प्रतिशत लगानी कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट गरिनेछ।

लक्ष्मी सनराइज बैंकले ९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब रुपैयाँ, नेपाल एसबिआइ बैंकले ३ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।

परियोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब १०५६ गिगावाट-आवर ऊर्जा उत्पादन हुने र राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ। यसले नेपालका ठूला स्वतन्त्र ऊर्जा उत्पादकहरूमध्ये एकको रूपमा महत्वपूर्ण स्थान हासिल गर्नेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit