काठमाडाैं । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५ आयोजना हुने भएको छ । नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रमा हालसम्मकै ठूलो आयोजना ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५’ यही फागुन १५ गते बिहिबारदेखि १७ गतेसम्मसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुन लागेको हो ।
यस वर्ष चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा नवीनतम प्रविधिहरू र उत्पादनहरू प्रदर्शनीमा ल्याइने जनाइएको छ । सर्जरी, डायग्नोस्टिक्स, अनुसन्धान प्रयोगशालाहरू लगायत विभिन्न क्षेत्रमा निरन्तर विकास भइरहेको सन्दर्भमा, नेपाल मेडिकल एक्स्पो चिकित्सा क्षेत्रमा प्रमुख व्यवसायी, वैज्ञानिक, विक्रेताहरू, डिलर तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको रूपमा स्थापित हुने केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष भक्त हमालले जानकारी दिए । उनले भने,‘ यो मेलाले मेडिकल सामाग्री सप्लायर्सको क्षेत्रमा नयाँ आयाम सिर्जना गर्छ अत्याधुनिक मेडिक सामाग्री र चिकित्सकसँग जोड्ने काम गर्छ ।’
एक्स्पोमा भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तान लगायत विभिन्न देशका नवीनतम प्रविधिहरू तथा उपकरणहरू प्रस्तुत गरिने जनाइएको छ । २०२४ को संस्करणमा करिब ५,००० आगन्तुकहरूले सहभागिता जनाएका थिए। यस वर्ष १५ भन्दा बढी देशका २००भन्दा बढी ब्रान्डहरू तथा उत्पादकहरू सहभागी हुने अपेक्षा गरिएको छ भने यसवर्ष करिब १० हजार अबलोकनकर्तार्ला अबलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा चिकित्सा क्षेत्रमा नवीनतम खोजहरू तथा अत्याधुनिक प्रविधिहरू भित्र्याउने उद्देश्यसहित आयोजना गरिने यो एक्स्पोले चिकित्सा व्यवसायीहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्