Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

९ वर्षको प्रतीक्षापछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

९ वर्षको प्रतीक्षापछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा
विज्ञापन
Advertisement

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मको क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले लामो समयपछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई लालपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रमा जग्गाको नापजाँच तथा नापनक्सा निर्माणको काम २०७४ सालमै सम्पन्न भएको थियो। तर नापजाँच सम्पन्न भए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा जग्गाधनी प्रमाण पुर्जा वितरण रोकिएको थियो। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १८६ परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। यसले जग्गासम्बन्धी कानुनी विवाद समाधान गर्न तथा स्वामित्व स्पष्ट पार्नसमेत सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयले आफ्नो जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन्। जग्गाको स्वामित्व स्थापित भएपछि यसको आर्थिक उपयोग तथा कारोबारसमेत सहज हुने भएको छ।

यसअघि धनुषाका विभिन्न क्षेत्रका ४ हजार ५५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit