Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

पूर्वाञ्चल ल्युब आयलको २७औं साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत नगद लाभांश पारित

पूर्वाञ्चल ल्युब आयलको २७औं साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत नगद लाभांश पारित
विज्ञापन
Advertisement

काठमाडौं । पीएलओ ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत सबै प्रस्ताव पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाले कम्पनीको चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट तथा सञ्चालकहरूको पारिश्रमिकसम्बन्धी प्रस्ताव पनि पारित भएका छन्। साधारणसभाले नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ।

यसैबीच, कम्पनीले बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीलाई अघि बढाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीले ६ लाख कित्ता सेयर छुट्याएको छ।

कम्पनीले आईपीओ निष्कासनमार्फत पुँजी विस्तार गरी व्यवसायलाई थप विस्तार गर्ने योजना अघि सारेको छ। आईपीओबाट प्राप्त हुने पुँजीलाई व्यवसाय विस्तार तथा कम्पनीको आगामी विकासमा उपयोग गर्ने तयारी रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit