काठमाडौं।काठमाडौ महानगरका मेयर बालेन शाहले महानगरमा अधिकृत नपठाएको झोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कमजोर बनाउन र हराउन लागेको आरोप लगाउँदै फेसबुकमा लेखेपछि एमाले महासचिव शंकर पोखरेलले पनि जवाफ दिएका छन्।
उनले मेयरको बालेनको स्टाटस आएको केही मिनेटमै जवाफ दिएका हुन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,’ काठमाण्डौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन ।
कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ ।’

















प्रतिक्रिया दिनुहोस्