Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

सिद्धार्थ बैंकको ‘१०–१० दशैं अफर’ मा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकको ‘१०–१० दशैं अफर’ मा १५ प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले दशैंको अवसर पारेर दराजसँगको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।असोज १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

छुट प्राप्त गर्न ग्राहकले दराज एपमा सञ्चालन भइरहेको ‘१०–१० दशैं धमाका’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ । संकलित भाउचर ग्राहकको दराज प्रोफाइलको ‘माई भाउचर्स’ मा सुरक्षित हुनेछ ।त्यसपछि न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा ‘भिसा डेबिटरक्रेडिट कार्ड’ छनोट गर्नुपर्नेछ । सो प्रक्रियापछि सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ग्राहकले तोकिएको छुट प्राप्त गर्न सक्नेछन् ।

दशैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार सहकार्यले डिजिटल भुक्तानीका सहज तथा सुरक्षित माध्यमको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit