Advertisement
Advertisement
Corporate Samachar
२१ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

भिभोको दशैं–तिहार अफरमा १० हजारसम्म नगद छुट र विदेश भ्रमणको मौका

भिभोको दशैं–तिहार अफरमा १० हजारसम्म नगद छुट र विदेश भ्रमणको मौका
विज्ञापन
Advertisement

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले दशैं–तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व अभियान ‘भिभो फेस्टिभ सेयर’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने मूल अवधारणासहित ल्याइएको अभियानमा ग्राहकले स्मार्टफोन खरिदसँगै विभिन्न उपहार, १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्। असोज १५ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले ‘स्पिन एन्ड विन’ मा सहभागी हुन सक्नेछन्। यसमार्फत भिभो स्मार्टफोन, भिभो स्पिकर, नेकब्यान्ड, मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टीलगायतका उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

अभियानमा सहभागी हुने योग्य ग्राहकहरू बम्पर पुरस्कारका लागि समेत स्वतः योग्य हुनेछन्। बम्पर पुरस्कारअन्तर्गत दुई जना भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्। कम्पनीका अनुसार अभियानको अर्को प्रमुख आकर्षणका रूपमा १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर हो । उक्त भाउचर ग्राहकले आफ्ना साथी, परिवारका सदस्य वा प्रियजनसँग साटासाट गर्न सक्नेछन्। आफूले प्राप्त गरेको लाभ अर्को व्यक्तिसम्म पुर्‍याउने अवधारणालाई अभियानको विशेषताका रूपमा अघि सारिएको भिभोले जनाएको छ।

भिभोका ब्रान्ड म्यानेजर दिपेश खनालले दशैं–तिहारको अवसरमा ग्राहकसँग जोडिनुका साथै चाडपर्वको खुसी बाँड्ने उद्देश्यले अभियान ल्याइएको बताए। उनका अनुसार दशैं र तिहार परिवार तथा प्रियजनसँग खुसी बाँड्ने अवसर भएकाले यसपटकको अभियानलाई केवल छुट र पुरस्कारमा सीमित नराखी आफूले पाएको लाभ अरूसँग पनि बाँड्न सकिने अवधारणासँग जोडिएको हो।

अभियान अवधिभर ग्राहकले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत विक्रेताबाट स्मार्टफोन खरिद गरी ‘स्पिन एन्ड विन’ मा सहभागी हुन सक्नेछन्। अभियानमार्फत ग्राहकलाई चाडपर्वका अवसरमा विभिन्न सुविधा तथा पुरस्कारसँग जोड्दै प्रियजनसँग खुसी बाँड्ने अवसर सिर्जना गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit