Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव सप्ताहव्यापी विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

वार्षिकोत्सवको समापन समारोह काठमाडौंस्थितमा आयोजित गरिएको थियो। समारोहको उद्घाटन कम्पनीकी अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

उक्त अवसरमा अध्यक्ष सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे । उनले सेवाग्राहीलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यअनुसार कर्मचारीलाई प्रविधिमैत्री र दक्ष बनाउन कम्पनीले विशेष ध्यान दिँदै आएको बताए । सोही क्रममा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिँदै आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिइने उल्लेख गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवाला सबैको प्रत्यक्ष–अप्रत्यक्ष साथ र सद्भावका कारण कम्पनीले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए।

उनले भविष्यमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै नियामक निकाय तथा सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता ज्ञापन गरे ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तारकेश्वरस्थित मातृ नेपाल बालगृहमा शैक्षिक सामग्री वितरण गर्नुका साथै त्यहाँ आश्रित बालबालिकालाई भोजन गराउने कार्यक्रम आयोजना गरेको जनाएको छ।

साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ। देशभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले समेत विभिन्न वृद्धाश्रम, बालकल्याण संस्था तथा मानव सेवा आश्रमहरूमा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरेका थिए।

कर्मचारीलाई शारीरिक तथा मानसिक रूपमा सशक्त र सक्रिय बनाउन अन्तर–कर्मचारी खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुष तथा महिलातर्फ क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाललगायत विभिन्न खेलहरू सञ्चालन गरिएको थियो।

समापन समारोह मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतीसहित सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष सिंहले विभिन्न खेलकुद प्रतियोगितामा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । साथै रक्तदान गर्ने कर्मचारीलाई प्रमाणपत्र र सांस्कृतिक प्रस्तुती दिने कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit