Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बालेनले चासो दिएपछि क्यान सक्रिय, सस्तो हवाई टिकट बेच्न वायुसेवा कम्पनी तयार

बालेनले चासो दिएपछि क्यान सक्रिय, सस्तो हवाई टिकट बेच्न वायुसेवा कम्पनी तयार
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । नजिकिँदो दशैंलाई लक्षित गरी आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले बिहीबार सम्बन्धित वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ। दशैं नजिकिएसँगै काठमाडौंलगायत प्रमुख सहरबाट गृहजिल्ला जाने यात्रुको चाप बढ्ने भएकाले हवाई टिकटको माग उच्च हुने गरेको छ। यही समयमा कतिपय गन्तव्यको टिकट महँगिएको, नियमित भाडादरभन्दा उच्च मूल्य तिर्नुपरेको तथा अग्रिम बुकिङ गर्दा समेत सहज टिकट नपाएको गुनासो यात्रुबाट आउन थालेपछि क्यानले चासो देखाएको हो।

छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीबीच स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने तथा उक्त भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीको बिक्री तथा वितरण प्लेटफर्ममा स्पष्ट सूचना प्रकाशित गर्ने सहमति भएको छ। ‘क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी र प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्नेरगराउने र सो भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ’ नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

२०७३ मै तोकिएको थियो न्यूनतमदेखि अधिकतम भाडादर

आन्तरिक हवाई सेवाको भाडादर निर्धारण सम्बन्धमा २०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट विभिन्न गन्तव्यका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको थियो। सोही व्यवस्थालाई आधार मानेर वायुसेवा कम्पनीहरूले टिकट बिक्री गर्दै आएका छन्। दशैंका बेला विशेषगरी काठमाडौं–नेपालगञ्ज, काठमाडौं–धनगढी, काठमाडौं–भैरहवा, काठमाडौं–विराटनगर, काठमाडौं–भद्रपुरलगायत व्यस्त गन्तव्यमा यात्रुको चाप बढ्ने गर्छ। यात्रुको मागअनुसार सिट भरिँदै जाँदा हवाई टिकटको मूल्य पनि मनलाग्दी बढाइने हुनाले त्यसको भार यात्रुमाथि पर्ने गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit