Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकले बढायो नाफा,प्रतिशेयर आम्दानी कति?

सिद्धार्थ बैंकले बढायो नाफा,प्रतिशेयर आम्दानी कति?
विज्ञापन
Advertisement

 काठमाडाैं ।चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सिद्धार्थ बैंकले आफ्नो नाफा बढाएको छ । मंगलबार बैंकले जारी गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको कुल नाफामा २०.७८ प्रतिशतले नाफा वृद्धि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षक यही समयमा १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य मात्रामा बढेको छ भने इम्पेरमेन्ट चार्ज घटेको छ । जसले गर्दा बैंकको खुद नाफा बढ्न गएको हो । अघिल्लो चैतसम्म छ अर्ब ३३ करोड ६२ लाख रुपियाँ रहेको बैंकको खुद ब्याज आम्दानी यो चैतमा भने छ अर्क ५२ करोड ८८ लाख रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशत बढेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit