Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजना निर्माणको बाटो खुल्यो, बोर्डले गर्यो २१ अर्ब लगानी स्वीकृत

नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजना निर्माणको बाटो खुल्यो, बोर्डले गर्यो २१ अर्ब लगानी स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। स्वीकृतिअनुसार नार खोला आयोजनाको कुल लागत १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र सानी भेरी–३ आयोजनाको लागत १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ रहेको छ। दुवै आयोजनाको कुल लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयमा निर्णय गरेको छ। त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका सम्बन्धमा परियोजना विकास सम्झौतामा उल्लेखित प्रावधानबमोजिम तत्काल निर्माण कार्य अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ। स्वीकृत आयोजनाहरूको प्रभावकारी कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्दै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावहरूलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिमार्फत प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुग्ने योगदानलाई समेत मध्यनजर गरी त्यस्ता प्रकृतिका परियोजनाको विकासलाई प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलागायत बोर्डका सदस्यहरू तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit