काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले खतरा तह पार गरेको छ।
नदीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सुरक्षित र उच्च स्थानमा जान तथा सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाको नोटिसमा भनिएको छ, ‘बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्नेघट्ने क्रम जारी रहेकोले त्रिशूली नदी बेनीघाटसम्म (अति उच्च जोखिम) रहने हुनाले उच्च स्थानमा जानुहोला, मुग्लिङसम्म (उच्च जोखिम) रहने हुनाले उच्च सतर्कतामा बस्नु होला।’
यस्तै, महाशाखाले चितवन र नवलपरासी नदी आसपास मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढीको अवस्थाबारे नियमित जानकारी लिन, नदी किनारमा नजान र जोखिम देखिएमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्