Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अप्पर रिचेत हाइड्रोपावरले आईपीओ ल्याउँदै

अप्पर रिचेत हाइड्रोपावरले आईपीओ ल्याउँदै
विज्ञापन
Advertisement

काठमाडौं। अप्पर रिचेत हाइड्रोपावर प्रालिले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार भएको सम्झौता पत्रमा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे।

कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत (८ करोड रुपैयाँ) बराबरको ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ । कम्पनीले त्यसका लागि क्रेडिट रेटिङको कार्यसमेत अघि बढाइसकेको जनाएको जानकारी गराएको छ।

कम्पनीका अनुसार आगामी साउन–भदौ महिनामा आईपीओ निष्कासन गर्ने लक्ष्य लिइएको छ।अप्पर रिचेत हाइड्रोपावरले २०८१ भदौबाट नै विद्युत उत्पादन सुरु गरिसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit