Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

आईसीसी क्रिकेट विश्वकप लिग–२ः नेपालसँग ओमान ११३ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ः नेपालसँग ओमान ११३ रनले पराजित
विज्ञापन
Advertisement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सानदार जित निकालेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भएपछि नेपालले फराकिलो जित दर्ता गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार ओमानको अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफमा ओमानले ४० ओभरमै सबै विकेट गुमाउँदै १५० रनमा समेटियो ।

ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ८३ बलमा ६ चौकाको मद्दतमा उक्त रन जोडे। जय ओडेद्राले २५ र जितेन्द्र सिंहले १८ रन बनाउनुबाहेक ओमानका अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट झारे भने करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए। नेपाली बलरको प्रभावकारी प्रदर्शनसामु ओमानको ब्याटिङ लाइनअप टिक्न सकेन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाएका थिए। उनले ६७ बलको सामना गर्दै नेपालको इनिङ्स सम्हाले। करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे। उनले अन्तिम ओभरहरूमा चार छक्का प्रहार गर्दै नेपालको स्कोर बढाउन महत्वपूर्ण योगदान दिए। त्यस्तै, अर्जुन कुमालले ४० रन बनाउँदा इसान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन बनाए।

ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनावाले समान दुई विकेट लिए भने हसनैन शाहले एक विकेट हात पारे।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरिरहेको नेपालका लागि यो जित महत्वपूर्ण बनेको छ। ओमानलाई उसकै घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गर्दै नेपालले लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार्ने अवसर पाएको छ।नेपालका लागि ब्याटिङमा कप्तान रोहित पौडेल र करण केसीको योगदान महत्वपूर्ण रह्यो भने बलिङमा नन्दन यादव र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। समग्रमा ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको नेपालले ओमानविरुद्ध एकपक्षीय जित निकालेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit