काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको छ। सोमबारदेखि ओरालो लागेको दुवै धातुको मूल्य बुधबार पनि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (मंगलबार) प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ७०० रुपैयाँले घटेको हो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो। उक्त दिन सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको थियो भने मंगलबार थप २ हजार २०० रुपैयाँले घटेको थियो। यससँगै सोमबारदेखि बुधबारसम्म तीन दिनमा सुनको मूल्य प्रतितोला ४ हजार ९०० रुपैयाँले घटेको छ। लगातारको गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ९० हजार रुपैयाँभन्दा तल झरेको छ। यस्तै आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबारसम्म तोलामा सात हजार रुपैयाँले घटेको छ।
यस्तै, चाँदीको मूल्य पनि लगातार घटिरहेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १०० रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम थियो। सोमबारदेखि बुधबारसम्म तीन दिनमा चाँदीको मूल्य प्रतितोला १६० रुपैयाँले घटेको छ।















प्रतिक्रिया दिनुहोस्