Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

सिद्धार्थ बैंकको लाभांश पारित, शेयरधनीलाई १ अर्ब ४७ करोडको बोनस र साढे १ अर्ब नगद बाँड्ने

सिद्धार्थ बैंकको लाभांश पारित, शेयरधनीलाई १ अर्ब ४७ करोडको बोनस र साढे १ अर्ब नगद बाँड्ने
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम साधारण शेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतका दरले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

यसअनुसार बैंकले शेयरधनीलाई १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ। त्यस्तै, १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। उक्त नगद लाभांशमा बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

अग्राधिकार शेयरधनीलाई पनि लाभांश

यस्तै, बैंकको साधारण सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८.२५ प्रतिशतका दरले हुने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। यो लाभांश अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक आधारमा गणना गरिएको हो। उक्त रकममा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश रहेको बैंकले जनाएको छ।

वार्षिक प्रतिवेदन र वित्तीय विवरण पनि पारित

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण पारित गरेको छ। त्यसैगरी, नाफा–नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण र स्वपुँजी (इक्विटी) मा भएको परिवर्तनसम्बन्धी विवरण पनि सभाबाट अनुमोदन भएको छ। सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ। आज सम्पन्न बैंकको २५औँ वार्षिक साधारण सभाले लाभांश वितरणसँगै वार्षिक वित्तीय विवरण र अन्य नियमित प्रस्तावलाई समेत अनुमोदन गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit