Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

चार दिनमा सुन प्रतितोला आठ हजार एक सय र चाँदी ३८० रुपैयाँले सस्तियो

चार दिनमा सुन प्रतितोला आठ हजार एक सय र चाँदी ३८० रुपैयाँले सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार चौथो दिन गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २२० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको थियो। त्यसपछि मंगलबार २ लाख ९२ हजार २०० रुपैयाँ र बुधबार २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप घटेर २ लाख ८८ हजार ४०० रुपैयाँमा आइपुगेको हो। यससँगै आइतबारदेखि बिहीबारसम्म चार दिनमा सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले घटेको छ। यो साता लगातारको गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ९० हजार रुपैयाँभन्दा तल कारोकार हुँदै आएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४ हजार ४१५ रुपैयाँ कायम थियो। मंगलबार ४ हजार ३५५ रुपैयाँ र बुधबार ४ हजार २५५ रुपैयाँमा झरेको चाँदी बिहीबार थप २२० रुपैयाँले घटेको हो । यससँगै आइतबारदेखि बिहीबारसम्म चाँदीको मूल्य प्रतितोला ३८० रुपैयाँले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit