Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२९ अंकले बढेको नेप्से परिसूचकमा १० अर्बको कारोबार

२९ अंकले बढेको नेप्से परिसूचकमा १० अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । धितोपत्र दोस्रो बजारमा मापक (नेप्से) परिसूचक सोमबार २९.८७ अंकले बढेको छ । नेप्से परिसूचक १.१० प्रतिशतले वृद्धि भएर २७२७.८७ विन्दुमा पुगी बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

१० अर्ब चार करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएकोमा आज १६६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, व्यापार र हाइड्रोपावर समूहको परिसूचक घट्दा बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचकमा सर्वाधिक वृद्धि भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit