काठमाडाैं । लगातार ९ कारोबारसम्म निरन्तर बढेको बजारमा साताको दोस्रो दिन सोमबार ब्रेक लागेको छ । यो दिन नेप्स परिसूचक १३.६२ अंकले घटेर २ हजार ८७६.६६ विन्दुमा आइपुगेको हो । यो दिन नेप्से सूचकले भने २९ सय विन्दुको परिक्षण गरेर बजार करेक्सनको बाटोमा गएको हो ।
९ कारोबारसम्म एकपटक पनि करेक्सन नभई अघि बढेको बजारले यो करेक्सनले भने लगानीकर्ता उत्साहित छन् । किनभने बजार करेक्सन हुँदै अघि बढ्दा यसले आगामी दिनमा दिन सन्देश अझ सकारात्मक हुने लगानीकर्ताहरुको दाबी छ । अर्कोतर्फ बजार ६ महिनापछि यो विन्दुको परिक्षण गरी फर्किएको हुँदा पनि लगानीकर्ता आशावादी हुन पुगेका हुन् । यो दिन विक्रेताभन्दा पनि बढी खरिदारहरु हाबी भएका हुन् ।
जसले कारोबार रकम पनि बढेको छ । मौद्रिक नीतिको समिक्षाले उचालिएको शेयर बजारलाई गभर्नर महाप्रसाद अधिकारीको विदाई हुने नयाँ गभर्नरको चर्चा चुलिएको अबस्थामा उचालिएको देखिन्छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०० कम्पनीको ३ करोडभन्दा बढी कित्ता शेयर किनबेचहुँदा १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको १ अर्ब ३८ करोडको कारोबार भएको छ भने र नेपाल रिइन्स्योरेन्स कम्पनीको ७३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक बढ्ने कम्पनीमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रो पावर, सिन्धु विकास, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७. २५ प्रतिशतदेखि १० प्रतिशतले बढेको छ ।
दोहोरो अंकले घटेको बजारमा समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पब्लिक, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट वित्तीय संस्थाको शेयर मूल्य ६.४२ प्रतिशतदेखि ७.२४ प्रतिशतले घटेको छ । लामो समयदेखि बजार घटेको थियो यसलाई मौद्रिक नीतिलाई देखाएर लगानीकर्ता उत्साहित भएको देखिएको लगानीकर्ता देव गुरागाईँले बताए । उनले भने,‘ दिर्घकालीन नै हो भन्न सकिने फिगर देखिसकेको छैन, तर कारोबार भएको हुँदा आशा गर्ने ठाउँछ ।’







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्