काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा ओमोडा जेइकू ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा जोडिएको छ।
नेपालमा ओमोडा जेइकू गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै यसपटक प्रायोजनको भूमिका विस्तार गरेको हो। सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा प्रतियोगितासँग आबद्ध रहेको कम्पनीले तेस्रो संस्करणमा नयाँ भूमिकासहित साझेदारी अघि बढाएको हो। यसले नेपाली क्रिकेटमा ब्रान्डको निरन्तर संलग्नतालाई थप बलियो बनाउने कम्पनीको अपेक्षा छ।
एनपीएलसँगको सहकार्यअन्तर्गत ओमोडा जेइकूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गर्दै आएको छ। प्रतियोगिताको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ लाई कम्पनीले ओमोडा जेइकू गाडी प्रदान गर्ने व्यवस्था गरेको छ। यस पहलले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नुका साथै प्रतियोगितामा प्रतिस्पर्धात्मक उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको सन्दर्भमा एनपीएललाई ब्रान्ड पहिचान विस्तार गर्ने र खेलप्रेमीसँग जोडिने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। प्रतियोगितासँगको निरन्तर आबद्धताले नेपाली क्रिकेटको विकास र देशमा बढ्दो खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता प्रतिबिम्बित गरेको एसपीजी अटोमोबाइल्सले जनाएको छ। एनपीएलको तेस्रो संस्करणको तयारी र प्रतीक्षाबीच क्यानसँगको सहकार्यलाई निरन्तरता दिँदै ओमोडा जेइकूले अटोमोबाइल क्षेत्रको ब्रान्ड पहिचानलाई क्रिकेटसँग जोड्ने प्रयास गरेको छ। यस साझेदारीले प्रतियोगितालाई थप आकर्षक बनाउन र ब्रान्ड तथा नेपाली क्रिकेटप्रेमीबीचको सम्बन्ध प्रगाढ बनाउन योगदान पुर्याउने अपेक्षा कम्पनीको छ।














प्रतिक्रिया दिनुहोस्