Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

सुत्केरीको सम्मान र गोपनीयताका लागि नयाँ निर्देशिका जारी

सुत्केरीको सम्मान र गोपनीयताका लागि नयाँ निर्देशिका जारी
विज्ञापन
Advertisement

काठमाडौं। स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको व्यक्तिगत गोपनीयता र शारीरिक मर्यादा सुनिश्चित गर्न सरकारले नयाँ व्यवस्था गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति कक्षमा पर्दा वा छेकबारको व्यवस्था गरी आमाको गोपनीयता कायम गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिएको हो। नयाँ निर्देशिकाअनुसार स्वास्थ्य संस्थाले प्रसूति सेवाका क्रममा आमाको व्यक्तिगत गोपनीयता, मर्यादा र सहजताको सम्मान गर्दै सेवा प्रवाह गर्नुपर्नेछ। एउटै कक्षमा एकभन्दा बढी सुत्केरी राखिएको अवस्थामा समेत प्रत्येक आमाको गोपनीयता सुनिश्चित हुने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ।

प्रसूति सेवाका क्रममा महिलाले आफ्नो शारीरिक गोपनीयता कायम रहेको महसुस गर्दै सुरक्षित, सहज र सम्मानजनक वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। प्रसूति सेवालाई केवल उपचारमा सीमित नराखी आमाको व्यक्तिगत अधिकार र सम्मानसँग जोडेर हेर्ने निर्देशिकाको उद्देश्य छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको हो।

निर्देशिकाले प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने विषयलाई समेत प्राथमिकता दिएको छ। त्यसैगरी, जन्मिएपछि नवजात शिशुलाई आमासँगै राख्ने र सम्भव भएसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई पनि जोड दिइएको छ। यसका साथै, सुत्केरी आमा र नवजात शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट घर फर्किएपछि पनि आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्नेछ, जसले घर फर्किएपछिको आवश्यक सहयोग र परामर्शमा समन्वय गर्नेछ।

नयाँ निर्देशिकाले प्रसूति सेवामा आमाको गोपनीयता, सम्मान र सहजतालाई केन्द्रमा राख्दै मातृ तथा नवजात शिशुमैत्री स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। यसको कार्यान्वयनले स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा पाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit