Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक
विज्ञापन
Advertisement

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले २०२५ देखि २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउनका लागि कार्ययोजनाको कार्य भइरहेको बताए ।

“हामीले पर्यटन दशक मनाउने भनेर मात्रै हुँदैन, त्यसका लागि मुख्य त आर्थिक तयारी गर्नुपर्ने छ, पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ, विदेशी सहयोग कति हुन्छ, अहिले त्यसबारेमा छलफल भइरहेको छ”, उनले भने । संस्कृति, पर्यटन र हवाई क्षेत्रका समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्दै आएको उनको भनाइ छ ।

“मन्त्रालयमा गुम्बा, मन्दिर वा मस्जित चाहियो भनेर आउनुहुन्छ, त्यसलाई हामीले प्राथमिकताको आधारमा अगाडि बढाउने गरेका छौँ, कुनै ठाउँमा मन्दिर बनाउनका लागि सङ्घीय सरकारले कति, प्रदेश सरकारले कति, स्थानीय सरकारले कति वा सरोकारवाला रउपभोक्ताले कति योगदान गर्ने भन्ने विषयमा प्राथमिकता आधारमा काम गर्ने गरिएको छ”, उनले भने ।

मन्त्री पाण्डेले भएका विमानस्थलको व्यवस्थापन, संरक्षण वा मर्मत गर्ने र विमानस्थलको माग भएका स्थानको आवश्यकताका आधारमा अध्ययन गर्ने काम भइरहेको बताए । उनले सुशासन कायम गर्ने सन्दर्भ उल्लेख सरकारसँग सम्बन्धित सबै प्रेसका काम नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको प्रेसमा गर्नेगरी नीतिगत निर्णय भएको जानकारी दिए । सञ्चालनमा रहेका सबै विमानस्थललाई हरेक हिसाबले उत्कृष्ट बनाउनका लागि अध्ययन कार्य भइरहेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit