Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, दुई दिनमा प्रतितोला १२ हजार ६०० रुपैयाँले महँगियो सुन

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, दुई दिनमा प्रतितोला १२ हजार ६०० रुपैयाँले महँगियो सुन
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ महँगिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार एकैदिन प्रतितोला ९ हजार ३०० रूपैयाँले बढेको सुन आज पुनः ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।

मूल्य बढेसँगै आज एक तोला सुन खरिद गर्न ग्राहकले ३ लाख १६ हजार ७०० रूपैयाँ बुझाउनुपर्नेछ। अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला ३ लाख १३ हजार ४०० रूपैयाँमा किनबेच भएको थियो। बुधबार भने सुन प्रतितोला ३ लाख चार हजार एक सय रूपैयाँमा खरिदबिक्री भएको थियो। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको थियो । यस्तै, मंगलबार सुनको मोल तोलामा ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यो सँगै पछिल्लो दुई कारोबार दिनमै सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भएको चाँदी शुक्रबार चार हजार ९८५ रुपैयाँमा खरिदबिक्री भैरहेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले बढी हो । बुधबार चाँदी प्रतितोला चार हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit