काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङ बेखबर देखिएका छन् ।
प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए ।मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे मिडियामार्फत जानकारी मात्र प्राप्त भएको तर आधिकारीक खबर नआएको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे आधिकारीक जानकारी नआएको तर, मिडियामार्फत थाहा पाएको जानकारी दिएको छ। सुरक्षा व्यवस्थाका सन्दर्भमा भने आफूहरुले आन्तरिक तयारी गरिरहेको प्रहरीको भनाइ छ । प्रधानमन्त्री वालेन यसपटक मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यसूची रहेको बुझिए पनि उनको निजी सचिवालयले यसबारे पुष्टि गरेको छैन्।















प्रतिक्रिया दिनुहोस्