Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स लिगमा सामसङ ग्यालेक्सी एस२५ अल्ट्राद्वारा प्रतिस्पर्धा गर्दै खेलाडी

नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स लिगमा सामसङ ग्यालेक्सी एस२५ अल्ट्राद्वारा प्रतिस्पर्धा गर्दै खेलाडी
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसिप बिहीबारदेखि दशरथ रङ्गशाला, काठमाडौंमा जारी छ । प्रतियोगिता शनिबार (भोली)सम्म चल्नेछ ।

विज्ञापन
Advertisement
Advertisement

यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोर्ट्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ कम्पनी पनि सो कार्यक्रमको हिस्सा बनेको छ । जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी, प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ।

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरण र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।

सधैं उच्च–प्रदर्शनयुक्त उपकरण प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँस्तरमा पुर्‍याउन सामसङ कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। ‘ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई उत्कृष्ट बनाएको छ । स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९ इन्चको इमर्सिभ डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने।

उनका अनुसार क्वालकम इन्जिनियरहरूसँगको सामसङको सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ । जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोधबिना प्रतिस्पर्धा गर्न सक्नेछन्।  ‘नेपालको ईस्पोर्ट्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ । सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ’, निर्देशक स्थापितले भने।

ईस्पोर्ट्स प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागरजस्ता चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति तथा फुड स्टल, इन्टरएक्टिभ एक्सपिरियन्स जोन र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समावेश गरिएका सामसङ नेपालले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit