Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हिजो टिकटक प्रतिबन्ध गर्नेहरु बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् : प्रधानमन्त्री

हिजो टिकटक प्रतिबन्ध गर्नेहरु बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् : प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्। उनले अघिल्लो सरकारको पालमा सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार भएको भन्दै यस्तो बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार काठमाडौंमा आयोजित ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहमा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरू नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको टिप्पणी गरे ।

उनले भने, ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन्। अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरू खासगरी माओवादीलगायतका पार्टीहरूले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन्। अनि टिकटकमा प्रतिबन्ध नै लगाएका हुन्। अहिले बहुत हिमायती निस्किएका छन् फेरि। बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन्। टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ।’

ओलीले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको भन्दै ७७ वटै जिल्लाका सदरमुकाममा मोटरबाटो पुर्‍याएको दाबी गरे। यस्तै, उनले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit