काठमाडाैं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्र.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बिमा प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको हो ।
सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिस समितिले पहिलो नम्बरमा शरद ओझाको नाम चयन गर्दा दोस्रोमा रामशरण पुडासैनीलाई राखेको छ । यस्तै, तेस्रो नम्बरमा दामोदर बसौलालाई समितिले सिफारिस गरेको छ । मन्त्रीपरिषद्को बैठक आज बस्दै छ । आजै तीन जनामध्ये एकजनालाई प्राधिकरणको अध्यक्षमा नियुक्ती गर्ने सम्भावना बलियो छ ।
सिफारिसमध्ये ओझा पत्रकार पेशामा आवद्ध छन् भने पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । कृषि विकास बैंकका अध्यक्ष पुडासैनी अर्थ मन्त्रालयमा राजस्व सचिव तथा संस्थान समन्वयन महाशाखामा काम गरिसकेको छन् । बसौला स्वास्थ्य बिमा बोर्डका पूर्व अध्यक्ष हुन् । गत शनिबार भएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अर्न्तवार्ताका आधारमा धेरै अंक प्राप्त गर्ने ३ जना प्राधिकरण अध्यक्षको लागि सिफारिस भएका हुन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्