Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

यूएसएआईडीको अस्तित्व संकटमा, ‘रिडक्सन–इन–फोर्स’द्वारा २ हजार कर्मचारीलाई हटाइने

यूएसएआईडीको अस्तित्व संकटमा, ‘रिडक्सन–इन–फोर्स’द्वारा २ हजार कर्मचारीलाई हटाइने
विज्ञापन
Advertisement

एजेन्सि – अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी)का करिब २ हजार कर्मचारीलाई रोजगारीमुक्त गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको बाँकी पूर्णकालीन कर्मचारीहरूलाई भने प्रशासकीय बिदामा राखिने इमेलमार्फत् जानकारी दिइसकिएको सीएनएनले जनाएको छ ।

‘यूएसएआईडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरू, केही अति महत्वपूर्ण कार्य, प्रमुख नेतृत्व वा विशेष रूपमा तोकिएका कार्यक्रमहरूमा संलग्न कर्मचारीहरू बाहेक विश्वभर प्रशासकीय बिदामा रहनेछन्,’ इमेलमा लेखिएको छ । यो प्रशासकीय बिदा आइतबार रातिदेखि लागू हुने सीएनएनले जनाएको छ ।

‘यूएसएआईडी अब अमेरिकाभित्र कार्यरत करिब २ हजार कर्मचारीलाई प्रभावित गर्ने ‘रिडक्सन–इन–फोर्स’ (कर्मचारी कटौती) प्रक्रिया सुरु गर्दैछ,’ इमेलमा भनिएको छ ।

यूएसएआईडी का कर्मचारीहरूलाई प्रतिनिधित्व गर्ने युनियनहरूमध्ये एक अमेरिकी विदेश सेवा संघ (एएफएसए) का अध्यक्ष टम याज्दगर्डीले आइतबारको घोषणापछि निराश भएको बताएका छन् । ‘हामी प्रशासनको हतारको निर्णयबाट गहिरो निराश छौं, जसले हाम्रो समर्पित सार्वजनिक सेवकहरूलाई अनिश्चिततामा राखेको छ,’ याज्दगर्डीले भनेका छन् ।

उनले हाल भएको लापरबाहीपूर्ण निर्णयहरू र कर्मचारीप्रति देखाइएका अमानवीय व्यवहारहरूले उनीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा अपूरणीय असर पारेको सीएनएनले उल्लेख गरेको छ ।

यूएसएआईडी विश्वभर मानवीय सहायता उपलब्ध गराउने सरकारी निकाय हो । तर ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि यसको अस्तित्व संकटमा परेको छ । सीएनएनका अनुसार शुक्रबार एक संघीय न्यायाधीशले हजारौं यूएसएआईडी कर्मचारीहरूलाई बिदामा राख्न प्रतिबन्ध लगाउने अस्थायी आदेश खारेज गरेपछि ट्रम्प प्रशासनले यस एजेन्सीबाट कर्मचारी हटाउने प्रक्रिया तत्काल थालेको हो ।

राष्ट्रपतिको उक्त कार्यशैलीले यूएसएआईडीको मानवीय सहायता ब्युरोका कर्मचारीहरूलाई धेरै असर पारेको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit