Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

अर्थतन्त्रको विकासका लागि सरकार अत्यन्तै गम्भीर भएर लागिराखेको छ : प्रधानमन्त्री ओली

अर्थतन्त्रको विकासका लागि सरकार अत्यन्तै गम्भीर भएर लागिराखेको छ : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीर भएर लागिरहेको बताएका छन् । उनले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न समेत उद्योगी–व्यवसायीलाई आग्रह समेत गरे ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर मेलाको उद्घाटन गर्दै उनले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्नेमा जोड दिए । पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले धेरै असहज राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई प्रतिकूल असर  परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा सरकार रहेको उल्लेख गरे ।  ‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौँ । त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यपार मान्न सकिँदैन । हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउनतिर लाग्नुपर्नेछ । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ ,’ प्रधानमन्त्री ओलीले भने ।

नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री ओलीले आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो आयोजना भएकामा खुसी व्यक्त गरे । उनले पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थल विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि थालिएको सकारात्मक प्रयास भएको स्पष्ट पारे ।

पाँच दिन सम्म चल्ने चेम्बर मेलामा नेपाल, भारत, पाकिस्तानलगायत राष्ट्रका गरी एक सय २५ प्रदर्शनी कक्ष रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit